पोखरा
पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरामहानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु ड्रागन बोट फेस्टिभल आयोजना गरिएको हो । दक्षिण एशियाकै पहिलोदाबि गरिएको ड्रागन बोट प्रतियोगितामा चिनियाँ चार र नेपाली चार टोली सहभागी छन् । फेवाताल किनारमा आयोजित प्रतियोगितामासिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर, चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा, नाराड्रागन बोट टोली नेपाल, एनआरिसए बोट टोली नेपाल, फेवा ड्रागन कनेट टोली नेपाल र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धागर्नेछन् ।
पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठ वटा बोट रेश प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेताले रु २० लाखनगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभयो । उद्वघाटन् गर्दै मन्त्रीकिरातीले फेस्टिभलले नेपाल–चिनको दुई देशबीचको सम्बन्धमा थप इट्टा थप्ने बताउनुभयो । पर्यटकीय नगरी पोखरामा आयोजितमैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।