राष्ट्रिय गौरवका आयोजनाहरूको स्पष्ट कार्ययोजना तयार गर्न समितिको निर्देशन

राष्ट्रिय गौरवका आयोजनाहरूको स्पष्ट कार्ययोजना तयार गर्न समितिको निर्देशन

  • Kanchan News

  • आइतवार, असार ३, २०८०

  • 67
    SHARES
राष्ट्रिय गौरवका आयोजनाहरूको स्पष्ट कार्ययोजना तयार गर्न समितिको निर्देशन

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय गौरवका आयोजनाहरू स्पष्ट कार्ययोजना तयार गरी पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू प्रगति र समस्यालगायत विषयमा गरेको छलफलपछि सभापति प्रकाश पन्थले राष्ट्रिय गौरवका आयोजनाहरूको स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको हो ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलालसँग राष्ट्रिय गौरवका आयोजनाहरू प्रगति र समस्या लगायतको विवरणमा सम्बन्धमा छलफल गरेको थियो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलालले गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको स्वीकार गर्नुभयो ।

सचिव गेलालले निर्माण मोडालिटी तय हुन नसकेको, जग्गा अधिग्रहण, जनशक्ति अभाव, ठेक्का व्यवस्थापनमा समस्या हुँदा वार्षिक लक्ष्य पूरा गर्न नसकिएको बताउनुभयो ।

सांसदहरुले  प्रभावकारी अनुगमनको कमी,  काम सङ्कुचन, स्पष्ट योजनाको अभाव, लगानी र स्रोत साधनको चरम दुरुपयोग, इच्छाशक्ति नदेखिएको र मन्त्रालयगत समन्वय प्रभावकारी हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरूले गति लिन नसकेको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News