युवाहरुको मनोविज्ञान र अपेक्षालाई राज्यले सम्बोधन गर्न नसक्दा युवाहरु देश छोडोर बाहिर जानुपर्‍यो:एमाले सचिव विष्ट

युवाहरुको मनोविज्ञान र अपेक्षालाई राज्यले सम्बोधन गर्न नसक्दा युवाहरु देश छोडोर बाहिर जानुपर्‍यो:एमाले सचिव विष्ट

  • Kanchan News

  • शनिबार, असार २, २०८०

  • 272
    SHARES
युवाहरुको मनोविज्ञान र अपेक्षालाई राज्यले सम्बोधन गर्न नसक्दा युवाहरु देश छोडोर बाहिर जानुपर्‍यो:एमाले सचिव विष्ट

पोखरा
नेकपा एमालेका सचिव एवम् पुर्वमन्त्री गोकर्ण विष्टले पछिल्लो समय नेपाली रानजितिमा युवाहरुको आकर्षण घट्दै जानुको कारण खोज्नुपर्ने बताउनुभएको छ । शनिवार प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विष्टले राजनितिमा युवाको आकर्षण घट्दै जानुको कारण खोजी गर्न ढिलो गर्न नहुने बताउनुभएको हो । युवाहरुको आकर्षण राजनितिमा कम हुदै जानुले राजनितिक दलहरु प्रति वितृष्णा पैदा भएको बताउदै उहाँले नेपालका अरु राजनितिक दलहरु प्रति भन्दा एमाले प्रति भने युवाहरुको आकर्षण बढि भएको दाबी गर्नुभयो ।
आजका युवाहरुले तिब्र गतिको परिर्वतन,विकास सँगै शुसान र रोजगारी चाहेको बताउदै एमाले सचिव विष्टले युवाहरुको त्यो प्रकारको मनोविज्ञान तथा अपेक्षालाई राज्यले उचित सम्बोधन गर्न नसक्दा युवाहरुले आफ्नो जिवन निर्वाहका लागि देश छोडोर बाहिर जानुपरेको बताउनुभयो । “आज आफ्नो मातृभुमि छोडेर युवाहरुले अन्यत्र देश गएर श्रम गरिरहनुपरेको छ,यो कारणले पनि युवाहरुको आकर्षण कम भएको छ, उहाँले भन्नुभयो” एमालेले अब आम युवालाई कसरी रोजगारी दिन सकिन्छ भन्ने बारे आम सम्भावनाको खोजी गर्न तर्फ ध्यान दिएको छ । उहाँले आफु श्रम तथा रोजगारी मन्त्री भएको बेलामा युवाहरुको रोजगारी सरकारको ऐजेण्डा बन्नुपर्छ भनेर नेपालको ईतिहासमा पहिलो पटक युवाहरुको एजेण्डा सरकारको एजेण्डा बनेको स्मरण गर्नुभयो । युवाहरुको हितको लागि आफुहरुले नयाँ ढंग बाट काम गर्न खोजेको बताउदै पूर्व मन्त्री विष्टले अपर्याप्त समयको कारणले ति कामले पुर्णता पाउन नसकेको बताउनुभयो ।
अबको ३० बर्ष भित्र नेपालको युवा शक्तिलाई देशको विकासमा भरपुर ढंगले प्रयोग गर्न नसके जनसांखिक लाभ बाट देशको समाजिक, आर्थीक रुपान्तरणको सम्भावना बन्द हुने समेत बताउनुभयो ।

 

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News