गण्डकी प्रदेश सरकारको प्राथमिकतामा कृषि र स्वास्थ्य

गण्डकी प्रदेश सरकारको प्राथमिकतामा कृषि र स्वास्थ्य

  • Kanchan News

  • शनिबार, असार २, २०८०

  • 179
    SHARES
गण्डकी प्रदेश सरकारको प्राथमिकतामा कृषि र स्वास्थ्य

पोखरा
गण्डकी प्रदेश सरकारले कृषि र स्वास्थ्यलाई प्रथामिकता दिएर बजेट ल्याएको छ । शुक्रबार सार्वजनिक भएको प्रदेश सरकारको बजेटले कृषि र स्वास्थ्य क्षेत्रलाई यथोष्ट बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि तथा भूमी व्यवस्थापनमा २ अर्ब २१ करोड बजेट छुट्याएको छ । आगामी आर्थीक बर्ष देखि उत्पादनमा आधारित कृषि अनुदान दिनको लागि ७ करोड ३० लाख,बाँझो जमीन उपयोग गर्न बाँदर प्रभावित क्षेत्रमा पशुपालन व्यवसाय प्रबद्र्धन गर्न १ करोड ५२ लाख,प्रविधिमैत्री स्मार्ट फर्म सञ्चालनका लागि ८ करोड ३० लाख,शीत भण्डारण केन्द्र निर्माण गर्न ४ करोड ८५ लाख तथा रैथाने बाली प्रबद्र्धन गर्न २ करोड र जग्गा चक्लाबन्दी गर्न करिव २ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै प्रदेशका ३४ पालिकामा काष्ठफल र शीतोष्ण खेती उत्पादन प्रबद्र्धन गर्नको लागि २४ करोड,कृषि र बाली विमालाई निशुल्क गर्ने र पशुमा आउन सक्ने महामारीजन्य रोगको रोकथाम गर्न १६ करोड ३५ लाख रकम विनियोजन भएको छ ।
त्यस्तै स्वास्थ्य तर्फ प्रदेशका ११ ओटै जिल्लामा डायलायसिस सेवा विस्तार गर्न ६ करोड ८८ लाख रकम बिनियोजन भएको छ । गर्भवती र सुत्केरीको आपतकालीन उद्धार गर्न एयर लिफ्टिङ कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश सरकारले यसलाई निरन्तरता दिएको छ । प्रदेश सरकारले ल्याएको स्वास्थ्य तर्फको बजेटमा अस्पतालको पूर्वाधार व्यवस्थापन लाई पनि उत्तिकै महत्व दिएको छ । नलपुर, मनाङ, मुस्ताङ लगाएतका जिल्लाहरुमा संक्रामक तथा सरुवा रोग अस्पतालको निर्माणाधीन भवन पूरा गर्न १३ करोड बजेट छुट्याएको छ । त्यस्तै प्रदेश सरकारले औषधी खरिदका लागि १६ करोड,क्यान्सर उपचारमा थप १ लाखका दरले सहयोग दिन २ करोड,सहिद तथा बेपत्ता परिवार र अपांगता भएका व्यक्तिको स्वास्थ्य बीमा गर्न २ करोड, स्वास्थ्य स्वंयसेविकाको आत्मसम्मान कार्यक्रममा २ करोड, निमोनिया बाट ग्रसित र पाठेघरको क्यानसर पिडित महिलालाई पूर्ण खोपयुक्त कार्यक्रम सञ्चादन गर्न ५ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी वर्ष देखि १० वर्ष मुनि र ६० वर्ष माथिका नागरिकलाई ओपिडी र ल्याब निशुल्क गर्ने व्यवस्था मिलाएको बजेटमा उल्लेख छ ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News