फेवा सिमसार क्षेत्रका अनधिकृत प्लटिङमा डोजर चल्यो

फेवा सिमसार क्षेत्रका अनधिकृत प्लटिङमा डोजर चल्यो

  • Kanchan News

  • बुधबार, जेष्ठ ३१, २०८०

  • 93
    SHARES
फेवा सिमसार क्षेत्रका अनधिकृत प्लटिङमा डोजर चल्यो

कास्की । पोखरा महानगरपालिकाले फेवाताल सिमसार क्षेत्रमा निर्मित अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएको छ । पोखरा २४ पामे बजारमा चार महिनादेखि सिमसार पुर्ने काम भइरहेको थियो । पटक पटक अनुरोध र पटके गर्दा समेत पुर्ने काम रोकिएको थिएन ।

कृषिका लागि भन्दै सिमसार क्षेत्र पुरेका र प्लटिङ गरिएका ठाउँमा महानगरले आज डोजर चलाएको हो ।‘पछिल्लो समय बनाइएका अनधिकृत संरचना तथा प्लटिङमा डोजर लगाइएको हो, मेयरका प्रेस संयोजक भीम थापाका अनुसार  ‘सिमसार क्षेत्रमा माटो पुरिएको र प्लटिङ गरिएको सबै क्षेत्रमा डोजर चल्छ  । सबै हटाउने त्यसैले डोजर आज बेलुकासम्मै चल्ने बताउनु भयो ।

सो सिमसार क्षेत्रमा व्यवसायी देवेन्द्र केसीले पहिल्यै प्लटिङ गरिसकेका छन् । भने अर्का व्यवसायी युवराज खतिवडाले करिब ५ सय रोपनी जग्गालाई कृषियोग्य जमिन बनाउने भन्दै माटो भर्ने स्थानीयबाट ठेक्का पाएका थिए ।

पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ । तर महानगरले सिमसार क्षेत्र उल्लेख नगर्दा धमाधम सिमसार पुर्ने काम भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News