आफुलाई राज्यबाट विभेद भएको भन्दै बिद्यालय कर्मचारि परिषद्ले दियो धर्ना

आफुलाई राज्यबाट विभेद भएको भन्दै बिद्यालय कर्मचारि परिषद्ले दियो धर्ना

  • Kanchan News

  • बिहिबार, जेष्ठ २५, २०८०

  • 319
    SHARES
आफुलाई राज्यबाट विभेद भएको भन्दै बिद्यालय कर्मचारि परिषद्ले दियो धर्ना

 

नेपालभरिका सामुदायिक माध्यमिक बिद्यालयमा कार्यरत बिद्यालयका कर्मचारीहरूले आफुहरूलाई राज्यबाटै भेदभाब गरिदै आएको र पटक पटक भएका सम्झौताहरू कार्यन्वयन नगरेको भन्दै देशब्यापी रूपका बिरोधका कार्यक्रमहरू सार्बजनिक गरेका छन । सरकारले यसअघि नीति तथा कार्यक्रमको बुदा न. १२७ मा बिद्यालयमा कार्यरत कर्मचारीको समस्या समाधानमा चासो देखाएतापनि नयॅंा आ.ब को बजेट आउदा कहि कतै पनि मागहरू सम्बोधन नगरिएकाले परिषदले बिरोधका कार्यक्रमहरू अगाडि सारेको हो । यसै सन्दर्भमा नेपाल बिद्यालय कर्मचारी परिषद पर्बत जिल्ला कार्यसमिती पर्बतले पनि बिभिन्न चरणमा बिरोधका कार्यक्रमहरूलाई अगाडी बढाएको छ । जसअन्तर्गत जिल्ला शिक्षा समन्वय ईकाई पर्बतको कार्यलय अगाडि धर्ना दिएका छन । शिक्षक हरू जत्तिकै खटिने र त्यति नै समय काम गर्ने तर अन्य कार्यलयमा काम गर्ने सोहि तहका कर्मचारीहरू र बिद्यालयमा काम गर्ने कर्मचारिहरूबिचमा राज्यलेनै बिभेद गरिरहेको उनिहरूको भनाई छ । आफ्नो परिवार जत्तिनै माया गरेर आफ्नो उत्पादनशिल समय एउटै बिद्यालयमा खर्च गर्दै बिद्यालयको हरेक दुख सुखमा जिम्मेवारी पुर्ण रूपमा ३०-४० बर्ष निरन्तर सेवा गरेपनि जागिर छाड्नेबेला रित्तोहात फर्किनुपर्ने बाध्यतालाई राज्यले आफुहरूमाथि गरेको हेलचक्र्याई बताउदै , जब सम्म बिद्यालय भित्रै राज्यले समान ब्यवहार गर्दैन तब सम्म संबिधानमा उल्लेख गरिएका मौलिक हकहरूले नै राज्यलाई गिज्याईरहने उनिहरू बताउछन । आज यसरि धर्ना दिएको पाचौ दिन हो , आफ्ना मागहरू पुरा नभएसम्म बिरोधका कार्यक्रमहरू नरोकिने उनिहरूको भनाई रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News