
पोखरा
गण्डकी प्रदेश सरकारले आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आईतबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरेको नीति तथा कार्यक्रम केही पुराना त केही महत्वाकांक्षी योजना समावेश भएका छन् । प्रदेश सरकारले गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गर्ने र खेतीका लागि संघ सरकारसँग समन्वय गर्ने निति तथा कार्यक्रममा समावेश गरेको छ ।
गण्डकी प्रदेशसरले प्रस्तुत गरेको निति तथा कार्यक्रममा यसै वर्षदेखि पोखरामा डायलासिस सेवा सर्वसुलभ ट्रमा सेन्टर सञ्चालन गर्ने देखि १० बर्ष मुनीका बालबालिका र ६० बर्ष माथीका जेष्ठ नागरीकको निशुल्क उपचार गर्ने बताइएको छ । गण्डकी प्रदेश सरकारले सामाजिक तथा स्वास्थ्य सेवामा धेरै कार्यक्रमहरु बनाएको छ । त्यस बाहेक शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।
त्यस्तै एक निर्वाचन क्षेत्र एक प्रिबिधि मैत्री कृषि फार्म सञ्चालन गर्ने, कृषि, स्वास्थ्य, एक निर्वाचन क्षेत्र एक नमुना घरबास, मुटुरोग अस्पताल र बालरोग अस्पताल स्थापना, झण्डै एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन, स्थानीय मदिराको ब्राण्डिङ र बजारीकरण, स्वदेशी काठका सामग्रीलाइृ प्रोत्साहन, कालिगण्डकी नदीमा जलमार्ग सञ्चालन लागयतका कार्यक्रम नीति तथा कार्यक्रममा समाबेश छन् । मर्स्याङ्दी, कालिगण्डकी लगायत कोरिडोरमा एकीकृत कृषि कार्यक्रम सुरु गर्ने नीति पनि छ ।
भिमाददेखि नवलपुरको डेढगाउँ र नवलपुरको डेढगाउँ–झ्यालवास खण्ड, बाग्लुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा सम्म र लमजुङको शीतलपाटीदेखि नाल्माफेदीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने देखि बुढीगण्डकी र उत्तरगंगा जलाशययुक्त वहुउद्देश्यीय जलविद्युत आयोजना कार्यान्वयनको लागि संघ सरकारले प्रदेश सरकारसँग समन्वय गर्ने वातावरण बनाउने उल्लेख छ । लिफ्टिङ खानेपानी आयोजना र लिफ्टिङ सिँचाइ योजनाको विद्युत् महशुलमा शत प्रतिशतसम्म अनुदान दिईने पनि निति तथा कार्यक्रममा समावेश भएको छ ।