पाँच पटक म्याद थपिँदासमेत कालोपत्रेको काम नभएपछि मध्यपहाडी बागलुङ खण्डको ठेक्का रद्ध

पाँच पटक म्याद थपिँदासमेत कालोपत्रेको काम नभएपछि मध्यपहाडी बागलुङ खण्डको ठेक्का रद्ध

  • Kanchan News

  • आइतवार, जेष्ठ २१, २०८०

  • 168
    SHARES
पाँच पटक म्याद थपिँदासमेत कालोपत्रेको काम नभएपछि मध्यपहाडी बागलुङ खण्डको ठेक्का रद्ध

 

पाँच पटक म्याद थपिँदासमेत कालोपत्रेको काम नभएपछि पुष्पलाल (मध्यपहाडी) लोकमार्ग बागलुङ–बिहुँ खण्डको ठेक्का रद्ध प्रकृया अघि बढेको छ । मध्यपहाडी लोकमार्ग योजना कार्यालय पर्वतले निर्माण व्यवसायीसँग ठेक्का तोड्न प्रकृया थालेको हो ।

बागलुङ बजारदेखि काठेखोला गाउँपालिकाको घोडाबाँधेसम्म दुई खण्डमा कामको जिम्मेबारी दिईएको थियो । बजारदेखि बिहुँसम्म १३ किलोमिटर सडक कालोपत्रको जिम्मेबारी पाएको सिद्धिसाही कन्ट्रक्सनले पाँच किलोमिटर सडक मात्रै कालोपत्रे गरेको छ ।

बिहुँको अक्षेतेदेखी घोडाबाँधे खण्डमा १२ किलोमिटर सडक कालोपत्रको जिम्मेबारी पाएको सुर्य कन्स्ट्रक्सनले ६ किलोमिटर सडक मात्रै कालोपत्रे गरेको छ । कन्स्ट्रक्सनसँग ठेक्का रद्ध गर्न सूचना प्रकाशन भैसकेको योजना कार्यालयका प्रमुख कल्पना अधिकारीले बताईन् ।

‘सुर्य कन्स्ट्रक्सनसँग ठेक्का तोड्न सूचना प्रकाशन गरिसकेका छौं, तल्लो खण्डमा काम गरिरहेको सिद्धिसाहीको पनि ठेक्का तोड्ने प्रकृया अघि बढेको छ’ अधिकारीले भनिन् ‘बिभिन्न बहानामा पटक पटक म्याद थप गरेका निर्माण व्यवसायीले काम गरेनन् ।’

योजना कार्यालयका अनुसार पछिल्लो पटक थप भएको म्याद सकिन केही दिन मात्रै बाँकी छ । असारको पहिलो सातासम्म म्याद रहेका कम्पनीको कामको गति न्युन रहेकाले ठेक्का रद्धको प्रकृया अघि बढेको योजना कार्यालयका सूचना अधिकारी पवन सुवेदीले बताए ।

वर्षौँदेखि सडक कालोपत्रे नहुँदा सडक क्षेत्रका स्थानीय र यात्रुले सास्ती भोग्दै आएका छन् । ठेक्का रद्ध गरेर तत्काल नयाँ कामको सुरुवात गर्नुपर्ने स्थानीयको माग छ । सडकको काठेखोला गाउँपालिका–५ र ६ का दर्जनौँ स्थानीय विस्थापितसमेत भएका छन् ।

२०७३ मा कालोपत्रेका लागि माथिल्लो बिहुँ खण्डमा कालोपत्रे गर्न एपिएस सिएफ इसिसी जेवी र तल्लो खण्डको भरत सिद्धिशाही जेभीले जिम्मा लिएको थियो । बागलुङ बजारदेखि अक्षतेसम्म कालोपत्रे गर्ने, सडक फराकिलो र नाली निर्माण गर्ने काम भएको छ । सुवेदीले काम गर्न निर्माण व्यवसायीलाई ताकेता गरेपनि अटेरी गरिरहेको बताए । उक्त सडक खण्डमा हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।

सडकले सास्ती दिएको भन्दै बिहुँकोट खेलकुद तथा समाजिक विकास केन्द्रको नेतृत्वमा ठेकेदार कम्पनीको ठेक्का रद्ध गरी नयाँ ठेक्का प्रक्रिया सुरु गरिनुपर्ने, निर्माण कम्पनीले नागरिकबाट लिएको रकम तुरुन्त फिर्ता गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सरकारी नम्बर प्लेटका सवारीसाधन आवतजावतमा रोक लगाउनेदेखि अनिश्चित कालसम्म मध्यपहाडी लोकमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News