#GANDAKIPRADESH

गण्डकीको नीति तथा कार्यक्रम : एक निर्वाचन क्षेत्र एक नमुना कृषि फार्म

गण्डकीको नीति तथा कार्यक्रम : एक निर्वाचन क्षेत्र एक नमुना कृषि फार्म

  • Kanchan News

  • आइतवार, जेष्ठ २१, २०८०

  • 35
    SHARES
गण्डकीको नीति तथा कार्यक्रम : एक निर्वाचन क्षेत्र एक नमुना कृषि फार्म

 

गण्डकी प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याएको छ । आईतबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा केही महत्वाकांक्षी र केही पुरानै योजना राखिएका छन् ।

नीति तथा कार्यक्रमले एक निर्वाचन क्षेत्र एक प्रिबिधि मैत्री कृषि फार्म सञ्चालन गर्ने उल्लेख गरेको छ । त्यस्तै एक निर्वाचन क्षेत्र एक नमुना घरबास, मुटुरोग अस्पताल र बालरोग अस्पताल स्थापना, झण्डै एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन, स्थानीय मदिराको ब्राण्डिङ र बजारीकरण, स्वदेशी काठका सामग्रीलाइृ प्रोत्साहन, कालिगण्डकी नदीमा जलमार्ग सञ्चालन लागयतका कार्यक्रम नीति तथा कार्यक्रममा समाबेश छन् ।

गण्डकी प्रदेशले यसै वर्षदेखि पोखरा डायलासिस सेवा सर्वसुलभ, ट्रमा सेन्टर सञ्चालन, १० बर्ष मुनीका बालबालिका र ६० बर्ष माथीका जेष्ठ नागरीकको निशुल्क उपचार लगायतका कार्यक्रम ल्याएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News