भारत भ्रमण सफल रह्योः प्रधानमन्त्री दाहाल

भारत भ्रमण सफल रह्योः प्रधानमन्त्री दाहाल

  • Kanchan News

  • शनिबार, जेष्ठ २०, २०८०

  • 40
    SHARES
भारत भ्रमण सफल रह्योः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखि रहेको बताएका छन् । भारतको ४ दिने औंपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्केका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ सो दावी गरेका हुन्।

प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बताउन पनि आफ्नो भारत भ्रमणले महत्वपूर्ण योगदान पु¥याएको बताए।

उनले विगतमा थाँति रहेका विषयहरुलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको पनि बताए।

प्रधानमन्त्री दाहालले भने, ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बनाउन यस भ्रमणले योगदान गरेको छ। भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भई विश्वासको वातावरण सृजना भएको छ भने थाँति रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ। नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा यो भ्रमण परिणाममुखि रहेको छ। र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरेको छ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण भविष्यका लागि पनि मार्गदर्शनको रुपमा रहने जिकीर समेत गरे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News