अनियमिततामा दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री

अनियमिततामा दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री

  • Kanchan News

  • शनिबार, जेष्ठ २०, २०८०

  • 74
    SHARES
अनियमिततामा दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्।

आज काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  यस्तो कुरा बताएका हुन। उनले नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताए।

मन्त्री श्रेष्ठले आफुले राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्न धारणा राखे। उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए। उनले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए। उनले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने पनि धारणा राखे।

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News