प्रेम सम्बन्ध बिग्रिएपछि रुपन्देहीका एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले कपिलवस्तुको बाणगंगा नगरपालिका-६ मटेरिया घर भएकी प्रेमिका २२ वर्षीया अन्जनी थारु र उनका काका ७० वर्षीय बमबहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
बिहीबार बिहान सवा नौ बजेतिर प्रेमिकाको घर पुगेर मोहनले अन्जनीमाथि चक्कु प्रहार गरेका थिए । मोहनलाई रोक्न पुगेका काकालाई समेत उनले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै चार नम्बरमा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले बताए ।