टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी

टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी

  • Kanchan News

  • बिहिबार, जेष्ठ १८, २०८०

  • 83
    SHARES
टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी

मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ ।

मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट लिए ।

मलेसियाका लागि माहिरा इज्जती इस्मेलले अविजित ४४ रन बनाइन् । उनले ५४ बलमा ६ चौका प्रहार गरिन् । ओपनर विनीफ्रेड दुराइसिंगम २० रन बनाएर सीताको बलमा विन्दू रावलबाट क्याचआउट भइन् ।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अइना नज्वा ९ रनमा अविजित रहिन् । नेपालका लागि आजको खेलमा सरस्वती कुमारी चौधरीको स्थानमा इश्वरी विष्टले राष्ट्रिय टिममा डेब्यु गरेकी छन् । उनले आजको खेलमा डेब्यु गर्दै ४ ओभर बलिङ गर्दै १६ रन खर्चेकी हुन् । बाँया हाते स्पिनरको इश्वरी घरेलु क्रिकेटमा सुदुरपश्चिमबाट खेल्छिन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News