प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सकियो

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सकियो

  • Kanchan News

  • बिहिबार, जेष्ठ १८, २०८०

  • 40
    SHARES
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सकियो

चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दहाल र समकक्षी नरेन्द्र मोदिबीच हैदराबाद हाउसमा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल भएको बताइएको छ। ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, रेल वेलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी रहेको छ। केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम पनि रहेको छ।

आजै हुने दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा भेटवार्तामा भएका छलफलबारे विस्तृत जानकारी सार्वजानिक गरिने बताइएको छ।

अब केही बेरमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै आज दिवा भोज आयोजना गर्नेछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News