प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० प्रस्तुत भएको छ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक प्रस्तुत गरेका हुन्।
आजै यसअघिको बैठकमा अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०र८१ बजेट प्रस्तुत गरेका थिए। साथै, बैठकमा उनले बजेटको प्रति टेबल गरेका हुन्। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ।