प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, भ्रमणमा पाँचजना मन्त्री रहने

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, भ्रमणमा पाँचजना मन्त्री रहने

  • Kanchan News

  • सोमवार, जेष्ठ १५, २०८०

  • 37
    SHARES
प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, भ्रमणमा पाँचजना मन्त्री रहने

मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई स्वीकृत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको १७ जेठदेखि ६ दिन हुने भारत भ्रमणलाई स्वीकृति दिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा पाँच मन्त्री सहभागी हुने पनि उनले बताइन्।

प्रवक्ता शर्माका अनुसार टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसहित पाँचजना मन्त्री सहभागी हुनेछन्।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News