पर्वतको नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुभारम्भ

पर्वतको नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुभारम्भ

  • Kanchan News

  • सोमवार, जेष्ठ १५, २०८०

  • 90
    SHARES
पर्वतको नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुभारम्भ

पुजा देवी शर्मा

पर्वतको जलजला गाउँपालिका– नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुभारम्भ भएको छ । जेष्ठ नागरिक सेवा तथा नसर्ने रोगको प्रारम्भिक पहिचानको लागि शिविर संचालन गरिएको हो । वडा कार्यालयमा आईतवारदेखि शुरु भएको शिविरमा सुगर बोल्ड प्रेसर (स्क्रिनिङ्ग) शिविरमा १४३ जनाको स्वास्थ्य प्ररिक्षण गरिएको छ । जसमा ८७ जना महिला र ५६ जना पुरुष रहेका छन् ।

शिविरमा नियमित उच्च रक्तचापको औसधि सेवन नगरेको मध्ये ७ जना महिलाहरुलाई औसधि सेवन गर्नेुपर्ने सल्लाह दिएको छ । ९ जना महिला र ८५ जना पुरुषलाई सुगर स्क्रिनिङ्ग भएकाले नियमित औसधी साथै खानापिन कसरी गर्ने भन्ने बिषयमा परामर्ष दिईएको छ ।पर्वतको नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुरु

वडा कार्यालयले सोमवारदेखि खनियाघाट, नेवार हटिया, सेतोगुरास, लुप्राङ,फर्से, र स्वास्थ्य चौकीमा गरि ६ स्थानको टोलमा प्रत्येक ३ महिनामा टोलटोलमा गएर सेवा दिने भएको वडा अध्यक्ष एवम् पालिका प्रवक्ता हरिविकास जिसीले जानकारी दिए । उनले स्वास्थ्य वासिन्दाको पहुँचमा पु¥याउने पालिकाको नीति अनुसार शिविर संचालन गरिएको बताए ।
साथै वडा कार्यालयले सोही दिन सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News