जलजलामा शुरु अन्तर विद्यालय एवम् प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एल्लेटिक्सतर्फका इभेन्टहरु सम्पन्न

जलजलामा शुरु अन्तर विद्यालय एवम् प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एल्लेटिक्सतर्फका इभेन्टहरु सम्पन्न

  • Kanchan News

  • सोमवार, जेष्ठ १५, २०८०

  • 129
    SHARES
जलजलामा शुरु अन्तर विद्यालय एवम् प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एल्लेटिक्सतर्फका इभेन्टहरु सम्पन्न

 

पर्वतको जलजला गाउँपालिकामा शुरु भएको पालिका स्तरिय अन्तर विद्यालय एवम् प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एल्लेटिक्सतर्फका इभेन्टहरु सम्पन्न भएको छ । जलजला गाउँपालिका–४ मोहनचोकमा आयोजना भएको प्रतियोगितामा पालिकाभित्रका १६ विद्यालयले सहभागिता जनाएका थिए ।
एल्लेटिक्सतर्फ भएका हाइजम, लङजम, त्रिपल जम्प, सटफुट थ्रो लगायत १००, २००, ४०० र ८ सय मिटर दौड र रिले दौड सम्पन्न भैसकेको गाउँपालिका शिक्षा अधिकृत क्रिविक्रम आचार्यले जानकारी दिए ।

उनका अनुसार विद्यालय स्तरीय पुरुष र महिला भलिवल प्रतियोगितामा सेमिफाइनलका खेलहरु आज हुनेछन् ।

प्रतियोगितामा पहिलो हुने विद्यालयले शिल्ड, नगद र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो र तेस्रो हुने विद्यालयले नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रापत गर्ने छन् । गाउँपालिकाले विजेता विद्यार्थीलाई व्यक्तिगत रुपमा ट्रफि र प्रमाणपत्र प्रदान गर्ने छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News