१७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ महिनापछिको उच्च

१७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ महिनापछिको उच्च

  • Kanchan News

  • आइतवार, जेष्ठ १४, २०८०

  • 86
    SHARES
१७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ महिनापछिको उच्च

प्रल्हाद अधिकारी

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन सेयर बजार भने गिरावट भएको छ । सोमबार संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । आइतबार सेयर बजार नेप्सेमा दोहारो अंकको गिरावट भएको छ । यसअघि लगातार ७ कारोबार दिनसम्म नेप्से बढेको थियो  ।

आइतबार दिनभर हरियो रहेको बजार परिसूचक नेप्से कारोबार बन्द हुने करिब १ घण्टा अगाडिदेखि लगातार ओरालो लागेर १७.३८ अंकले घट्दा १९४१.७४ अंकको विन्दुमा बन्द भएको छ । उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । उत्पादनमूलक उपसूचक १.०१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ ।

यता होटल तथा पर्यटन उपसूचक २.७७ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक २.६५ प्रतिशत, वित्त कम्पनी उपसूचक २.४२ प्रतिशत र विकास बैंक उपसूचक २.०५ प्रतिशतले गिरावट भएका छन् ।

नेप्सेमा गिरावट भएपनि आइतबार कारोबार रकम भने बढेर साढे २ अर्ब नाघेको छ । नेप्सेमा आइतबार साढे महिना यताकै उच्च रकमको कारोबार भएको छ । २९ माघमा ३ अर्ब माथिको कारोबार भएपछि आइतबार त्यसयताकै उच्च रकमको कारोबार भएको हो । आइतबार नेप्सेमा ४७ हजार ६७४ वटा कारोबारमा ७० लाख ५० हजार ०३९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ६३ करोड ९७ लाखको कारोकार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २१ करोड ८० लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ९ करोड १३ लाख र सोल्टी होटलको ८ करोड ८७ लाखको कारोबार भएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News