सञ्जिवनी दिदीबहिनी केन्द्र नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोशाक वितरण वितरण गरेको छ ।
तनहुँको घिरिङ गाउँपालिकाको महेन्द्रोदय माविका ७ र ऋषिङस्थित कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोशाक वितरण गरिएको सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले जानकारी दिइन् । सो कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले आर्थिक अवस्थाका कारण अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने संस्थाको रहेको बताइन् ।
संस्थाले दुई विद्यालयका १० जना विद्यार्थीहरुलाई जनही १० हजार रुपैयाँ छात्रवृत्तिसँगै शैक्षिक सामग्री र पोशाक वितरण गरेको हो । तनहुँसँगै संस्थाले पर्वतमा ७ जना, मुगुमा ८ जना, पोखरामा १ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री पोशाक वितरण गर्ने सस्थाका कोषाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् ।
३३ जना दिदीबहिनी आजिवन सदस्य रहेका संस्थाका ३० जनाले जनही एक लाखको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषको व्याजबाट वार्षिक रुपमा ३० जना आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीहरुलाई गरिदै आईएको छ ।