प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद बैठक अझै सुरु भएको छैन ।
मध्यान्ह बैठक सुरु भए लगतै एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाए । १० जेठमा बोलेका दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए ।
त्यसमा आपत्ति जनाएका एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल छिनोफोनो हुनुपर्ने बताए ।
साथै आफ्ना नेता केपी शर्मा ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नुपर्ने माग गरे ।
सभामुखले यसबारे सरकारले जवाफ दिने भन्दै बैठक सुचारु गर्न सहयोग खोजे । त्यही बेला माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उठेर संसादमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले रोष्टम घेराउ गरे । सभामुखले बैठक स्थगित गरे ।
२० मिनेटका लागि स्थगित भएको बैठक यो समाचार तयार पार्दासम्म सुरु भएको छैन ।