तनहुँमा एक सय ५७ सामुदायिक वनमा आगलागी

तनहुँमा एक सय ५७ सामुदायिक वनमा आगलागी

  • Kanchan News

  • बुधबार, जेष्ठ १०, २०८०

  • 107
    SHARES
तनहुँमा एक सय ५७ सामुदायिक वनमा आगलागी
cfuf] lgoGq0f ub}{ k|x/L tgx'F, @( j}zfv M lhNnfsf] aGbLk'/ ufpFkflnsf–$ l:yt /fgLjgdf nfu]sf] cfuf] lgoGq0fdf lng] k|of; ub}{ g]kfn k|x/L . ljut s]xL lbgb]lv kfgL gkbf{ ;'Svf df};dsf sf/0f jgdf cfunfuL x'Fbf w]/} Iflt x'g] u/]sf] 5 . tl:a/ M ;fg]axfb'/ g]kfnL÷/f;;

 

यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ।

वनमा आगो लगाउने व्यक्तिको पहिचानका लागि कडाइका साथ सुराकी लगाउने गरे पनि पत्ता लगाउन नसकिएको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिका क्षेत्रमा आगलागीका कारण धेरै क्षति भएको उनले बताए ।

बस्ती बढी भएका ठाउँमा डढेलो लाग्ने गरेकाले सुराकी दिने व्यक्तिको नाउँ गोप्य राखी कार्यालयले प्रोत्साहन रकमको समेत व्यवस्था गर्दै आए पनि संलग्न व्यक्तिको पहिचान गर्न कठिनाइ भएको उनले बताए ।

प्रायःजसो माथि वन र तल खेतबारी रहेका मानिसले वनमा डढेलो लगाउने गरेको पाइएको छ। उनले भने, ‘वनमा डढेलो लगाउँदा बन्ने  खरानी पानी परेसँगै आफ्नो खेतबारीमा बगेर जाने र मल हुने सोचले आगलागीका घटना बढ्ने गरेको छ ।’

कतिपय मानिसले वनमा डढेलो लगाउँदा कलिलो घाँस पलाउने, विभिन्न किसिमका च्याउ उम्रिने भएकाले पनि सुक्खा मौसमको समयमा वनमा जथाभावी डढेलो लगाउने गरेको पाइएको छ।

वनमा जथाभावी डढेलो लगाउँदा वन्यजन्तु, जनावर, जनावरको बासस्थान र कलिला बोट बिरुवालगायत जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ।

पछिल्लो समय पानी पर्न थालेसँगै आगलागीका घटनामा न्यूनीकरण भएको डिभिजन वन कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News