किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, को प्राविधिक सहयोगमा निःशुल्क रुपमा १५ दिने (कफी मेकिङ) तालिम प्रदान

किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, को प्राविधिक सहयोगमा निःशुल्क रुपमा १५ दिने (कफी मेकिङ) तालिम प्रदान

  • Kanchan News

  • बुधबार, जेष्ठ १०, २०८०

  • 62
    SHARES
किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, को प्राविधिक सहयोगमा  निःशुल्क रुपमा १५ दिने (कफी मेकिङ) तालिम प्रदान

पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफी मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा वडाले निःशुल्क रुपमा १५ दिने तालिम प्रदान गरेको हो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले युवाहरुलाईस्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ वडाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताइन् । पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा रहेका युवा तथा महिलाहरुलाई केन्द्रीत गरी विभिन्न तालिमहरु दिँदै आएको बताए ।

यस्तै, वडाले फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १ लाख छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत ५० जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वितरण गर्न वडाले उक्त रकम बराबरको चेक मंगलबार हस्तान्तरण गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आले, प्रधानाध्यापक गुरुदत्त कोइराला, सहायक प्रधानाध्यापक जुना थापालगायतले विद्यालयका तर्फबाट वडालाई धन्यवाद दिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News