पोखरा महानगरपालिका वडा १८ गुफा डाँडामा अर्धचेत अवस्थामा रहेकी एक युवतीको उद्धार

पोखरा महानगरपालिका वडा १८ गुफा डाँडामा अर्धचेत अवस्थामा रहेकी एक युवतीको उद्धार

  • Kanchan News

  • मङ्लबार, जेष्ठ ९, २०८०

  • 200
    SHARES
पोखरा महानगरपालिका वडा १८ गुफा डाँडामा अर्धचेत अवस्थामा रहेकी एक युवतीको उद्धार

पोखरा महानगरपालिका वडा १८ गुफा डाँडामा अर्धचेत अवस्थामा रहेकी एक युवतीको उद्धार गरिएको छ ।

पोखरा ६ लेकसाइडको जरेबरतर्फबाट पोखरा १८ मेथ्लाङतर्फ जाने पैदलमार्ग रहेको जंगलमा उनी अर्धचेत अवस्थामा भेटिएकी हुन् । शनिबार बिहान कामको शिलशिलामा त्यहाँ पुगेका स्थानीय ठाकुर बरालले युवतीलाई अर्धचेत अवस्थामा देखेपछि प्रहरीलाई फोन गरेका थिए । टाउकोमा चोट बोकेकी उनको तत्काल प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो । उनको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

‘अस्वभाविक आवाज आयो, के आवाज आयो भनेर हेर्दा हातले इशारा गरेजस्तो लाग्यो, नजिक गएर हेर्दा युवती रहेछिन्। टाउकोमा चोट थियो । रगतले पोतिएको र रगत सुकेको अवस्थामा थियो । लगाएको कपडा पनि लटपटिएको अवस्थामा थियो । सहयोगको अपेक्षा गरेजस्तो देखिन्थ्यो,’ उनले भने, ‘मैले प्रहरीलाई फोन गरेर बोलाएँ । उनलाई हेर्दा उनीमाथि दुव्र्यवहार भएको अनुमान गर्न सकिन्छ । मन्द स्वरमा उनी केही भन्दै थिइन् ।’

उनलाई भेटिएको स्थानदेखि बस्ती दुई मिनेटको दूरीमा रहेको छ ।
हाल उक्त स्थानमा १२ लाख ८७ हजार रुपैयाँमा जरेवर, मेथलाङ, सराङकोट हाइकिङ टे«ल निर्माण भइरहेको छ । सोही पदमार्ग निर्माणको अवलोकन गर्न पुगेका जरेवर मेथलाङ सराङकोट हाइकिङ टे«ल निर्माण उपभोक्ता समिति १८ का अध्यक्ष ठाकुरप्रसाद बरालले उनलाई भेटेका थिए । घटनास्थल नजिकै सोही पदमार्ग निर्माणका लागि सानो टिनको कटोरो बनाएर सिमेन्ट तथा निर्माण सामग्री राखिएको थियो
। महिलामाथि सोही निमार्ण सामग्रीले प्रहार गरेको अनुमान गरिएको छ । उक्त स्थानमा भेटिएको घनमा रगत लागेको र सेतो सर्ट भेटिएको थियो ।

उनका अनुसार उक्त स्थानमा लागुऔषध प्रयोगकर्ताहरु आइरहन्छन् । उनलाई करिब १० मिटर माथिबाट फालिएको हुनसक्ने बरालको अनुमान छ । २३ वर्षीया युवतीले आफू माथितर्फ जाँदै गर्दा सेतो टिसर्ट लगाएको व्यक्तिले हानेको बताएकी थिइन् । उनले आफ्नो श्रीमानलाई फोन गरिदिन भन्दै प्रहरीलाई समेत फोन नम्बर दिएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार घटनास्थलमा घन र गैंची (निर्माण सामग्री) बरामद भएको थियो । उनीमाथि प्रहार भएको स्पष्ट छ । घटनास्थलमा लागुऔषधमा प्रयोग गरिने सुई (सिरिन्ज) समेत फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकका अनुसार अर्धचेत अवस्थामा घाइते युवतीको उद्धार गरिएको हो । प्रहरीले खबर पाउनासाथ घटनास्थल पुगेको र उपचारका लागि अस्पताल पु¥याएको उनले बताए ।

‘स्थानीयले खबर गरेपछि प्रहरी पुगेर उद्धार गरेको अवस्था छ । हाल निज महिला उपचारमा रहनुभएको छ । उपचार जारी छ । केहि सुधार भएको भन्ने जानकारी हामीले पाएका छौं,’उनले भने,‘ यो विषयमा सुक्ष्ममा रुपमा अनुसन्धान भइरहेको छ । पीडित उपचारमा रहेकाले उपचारलाई प्राथमिकता दिएका छौं ।’ घटना के कारण भयो भन्ने खुल्न सकेको छैन् । घाइते युवती बोल्न सक्ने स्थितिमा नभएकाले घटनाको कारण खुल्न सकेको छैन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News