आउलात् गोरखकाली रबर उद्योग सञ्चालनमा ?

आउलात् गोरखकाली रबर उद्योग सञ्चालनमा ?

  • माधव पराजुली,

  • आइतवार, जेष्ठ ७, २०८०

  • 165
    SHARES
आउलात् गोरखकाली रबर उद्योग सञ्चालनमा ?

पोखरा
नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशभित्र पर्ने गोरखाको गोरखकाली रबर उद्योग सञ्चालन गर्ने उल्लेख गरेको छ । गोरखामा रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालनमा ल्याउने सरकारले निति तथा कार्यक्रममा उल्लेख गरेको यो पहिलो पटक भने होईन । बिगत लामो समय देखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने बारे यस अघिको संघिय तथा प्रदेश दुवै सरकारका प्रधानमन्त्री,मुख्यमन्त्री देखि संघ तथा प्रदेशका उद्योग मन्त्रीले भन्ने गरेका थिए । तर सार्वजनिक कार्यक्रममा भाषण गर्दा होस् या निति तथा कार्यक्रममा समावेश गर्दा होस् सरकारले गोरखकाली रबर उद्योग सञ्चालन गर्ने प्रशंग कोट्याएपनि व्यवहारमा भने त्यो कार्यान्वयन हुन सकेको छैन् ।
विसं २०४९ साल देखि उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एकमात्र टायर उद्योग हो । संसद्मा निति तथा कार्यक्रम अध्ययन गर्ने क्रममा राष्ट्रपति पौडेलले हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखानासँगै गोरखाको मजुवा देउरालीमा रहेको सो उद्योग सञ्चालन गर्ने बताउनुभयो । गोरखकाली रबर उद्योग विसं २०७२ देखि पूर्णरुपमा बन्द छ । सरकारले ल्याएको निति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन, खारेजी, एकीकरण वा व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समितिसमेत गठन गरिने समावेश छ । यद्यपी यो बिषय उठान भएको भने पहिलो पटक होइन यस अघिका सरकारले पनि यो बिषयवस्तु जोडेर निति तथा कार्यक्रम ल्याएको थियो ।
गुणस्तरको हिसाबले विदेशी उद्योगका टायरसँग बलियो रूपमा प्रतिस्पर्धा गर्न सक्ने गोरखकाली टायर बजारमा किन्न नपाएको धेरै भईसकेको छ । उद्योग परिसरभित्र रहेका करोडौँ रुपैयाँ मूल्यका टायर उत्पादन गर्ने मेसिनहरू अलपत्र अवस्थामा छन ।
सञ्चालनको सुरुकै बर्ष यो उद्योगमा ४ सय कर्मचारीले रोजगारी पाएका थिए भने बन्द हुने समयमा पनि २८२ कर्मचारीले काम गरिरहेका थिए ।
उद्योग बन्द हुनुको कारण सामान्य व्यवस्थापन गर्न नसक्नु हो । यो उद्योगले टायर उत्पादन थालेसँगै राम्रो बजार पाएको थियो । उद्योगले व्यावसायिक उत्पादन गरेर त्यसको बिक्री वितरणको क्षेत्र अझै बढाउदै लगेको थियो । ६० प्रतिशत आन्तरिक माग पुरा गर्ने लक्ष्यसहित खोलिएको यो उद्योगले बजारको ४० प्रतिशत सम्म मात्रै माग धान्न सकेको थियो तर व्यवस्थापकीय कमजोरीले यो उद्योग बन्द हुन पुग्यो । लामो समय देखि बन्द उद्योगको भवनका संरचनाहरुलाई रिन्यूभेसन गर्न मिलेता पनि अन्य मेशिन उपकरणहरु पुनः प्रयोग गर्न मिल्ने अवस्थामा छन् कि छै्रनन् त्यो जानकारी कसैलाई छैन् । धेरै मेसिनहरू बिग्रेको अवस्थामा छन् तर पनि तत्काल मर्मत खर्चका लागि कति रकम लाग्छ भन्ने यकिन छैन् । ५६० भन्दा बढी रोपनी जग्गामा रहेको उक्त उद्योग बेला बेलामा सञ्चालन गर्ने बहस उब्जिएता पनि व्यवहारमा भने कार्यान्वयन हुन नसक्दा नागरिकले उद्योग सञ्चालनमा आउने कुरा पत्याउन छोडिसकेका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News