आज ३० औं मदन–आश्रित स्मृति दिवस

आज ३० औं मदन–आश्रित स्मृति दिवस

  • Kanchan News

  • बुधबार, जेष्ठ ३, २०८०

  • 194
    SHARES
आज ३० औं मदन–आश्रित स्मृति दिवस

आज ३० औं मदन–आश्रित स्मृति दिवस । आजकै दिन तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा भएको सडक दुर्घटनामा निधन भएको थियोे । सो दुर्घटना अझै रहश्यकै गर्भमा छ । किनकि, सो दुर्घटनापछि उनका चालक अमर लामा त्यहाँबाट चितवन पुगे ।

गाडी दुर्घटना भएको र आफू बाँचेको जानकारी गराए । समाचार डढेलोसरी फैलियो । हजारौँ शुभेच्छुकहरु मुग्लिन–नारायणगढ सडक खण्डको दासढुंगामा जम्मा भए । भोलिपल्ट क्रेनमार्फत् दुर्घटनाग्रस्त जिप निकालियो । जीवराज आश्रित मृत अवस्थामा गाडीमै थिए भने मदन भेटिएनन् । धेरैले मदन जीवितै होउन् भन्ने कामना गरे । जेठ ५ गते त्यहाँबाट ३२ किलोमिटर तल मदन भण्डारीको शव भेटियो । आशाको त्यान्द्रो चुँड्यो । लामो जेलजीवन बिताएका उनै अमरलामाको पनि २०६० साल साउन १२ गते कीर्तिपुरमा हत्या गरियो ।

रहश्यमय मान्दै आइएको मदन–आश्रित हत्या झन रहश्यमय बन्यो । हत्यारा पत्ता लगाउने माग राख्दै आएको एमाले त्यसपछि पटक–पटक सरकारमा गयो । मदनकै धर्मपत्नी विद्यादेवी भण्डारी देशको राष्ट्रपति भइन् । तर, मदन–आश्रित गाडी साँच्चिैकै दुर्घटना हो कि कर्तव्य भन्ने खुल्न सकेन । बरु, मदनको नाममा राजनीतिको रोटी भने राम्रैसँग सु्काइयो । मदन भण्डारी र जीवराज आश्रितका नाममा फाउण्डेसनदेखि विश्वविद्यालय, कलेज र दर्जनौं संस्था रहेका छन् । मदन र आश्रित भने छैनन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News