प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने

प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने

  • Kanchan News

  • आइतवार, बैशाख २४, २०८०

  • 51
    SHARES
प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने

प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएको छ ।

यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा गरिँदै आएको थियो । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । ई–हाजिरी तत्काल लागू गर्ने र वेबसाइटमा सोही दिन सार्वजनिक गरिने छ ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित र अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि अब त्यो समस्या हट्ने सभामुखले बताएका छन् । ‘ई–हाजिरीको बारेमा राष्ट्रिय सभाको सिकाइ र अनुभव पनि लिएर अझै प्रभावकारी बनाउँ,’ कार्यव्यवस्था बैठकमा सभामुखले भनेका थिए, ‘सदनमा माननीयहरूको उपस्थिति कमजोर छ । सांसद तलबभत्ता खान आए भन्ने आम बुझाइ छ । यो हाम्रो लागि राम्रो होइन । सबै दल र माननीयहरूको ध्यानाकर्षण गराउँछु ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News