सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न

सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न

  • Kanchan News

  • आइतवार, बैशाख २४, २०८०

  • 39
    SHARES
सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी हवल्दार प्रेमसिँह सुनार रहेका छन। सुनार सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्व गण हेडक्वाटर बनवेहडामा कार्यरत रहेको बताईएको छ। सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार बैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको विदामा आएका बेला खैरो हेरोइनसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी उद्धबसिँह भाटले जानकारी दिए।

उनीसँगै लम्कीचुहा नगरपालिका वडा नं. २ मोतिपुरका २६ वर्षका सागर घिमिरे समेत पक्राउ परेका छन।

प्रहरीको टोलीले सुनारको साथबाट ९ सय १० मिलिग्राम र घिमिरेको साथबाट २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ। उनीहरुले कालो प्लाष्टिकमा राखेर खैरो हेरोइन मलद्धारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेको डिएसपी भाटले बताए। उनले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

उनीहरु भारतीय सीमानाका तिकुनियाँबाट टीकापुरतर्फ आउँदै गरेको अवस्थामा टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलाबाट पक्राउ परेका हुन।

यसअघि कैलालीको भजनी नाकाबाट नेपाल प्रहरीका जवान ३२ ग्राम खैरो हेरोइन सहित पक्राउ परेका थिए।

सीमा क्षेत्रबाट हुने लागुऔषधको तस्करीमा सुरक्षाकर्मीको समेत संलग्नता देखिएपछि स्थानीयबासी चिन्तित बनेका छन्। सुरक्षाकर्मीमाथि सीमा क्षेत्रमा समेत चेकजाँच नहुँदा लागुऔषध सजिलै नेपाल भित्रिने गरेको छ।

सामान्यता सुरक्षाकर्मीलाई प्रहरीले समेत चेकजाँच गर्दैनन्। सुरक्षाकर्मीको आडमै लागुऔषध खैरो हेरोइन नेपाल भित्रिनुले चेकजाँचमा कडाई गर्नुपर्ने आवाज उठ्न थालेको छ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा आएका डीएसपी भाटले लागुऔषध नियन्त्रणमा सक्रियता देखाएका छन्। गत माघ २५ गते टीकापुर पुगेका भाटले हालसम्म लागुऔषधमा २३ वटा मुद्दा दर्ता गरेका छन् भने ४१ जनालाई पक्राउ गरेका छन्।

कैलालीको पूर्वी क्षेत्रमा लागुऔषधका प्रयोगकर्ता बढ्दै गएको चर्चा चलिरहँदा प्रहरीले थप सक्रियता बढाउनु पर्ने, प्रयोगकर्तासँगै डिलरलाई पक्राउ गरी मुद्दा चलाउनु पर्ने आवाज उठ्न थालेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News