पोखरा स्पोर्टस् अवार्ड: सात विधामा प्रदान

पोखरा स्पोर्टस् अवार्ड: सात विधामा प्रदान

  • Kanchan News

  • शनिबार, बैशाख २३, २०८०

  • 102
    SHARES
पोखरा स्पोर्टस् अवार्ड: सात विधामा प्रदान

सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरी कूल सात विधामा अवार्ड प्रदान गरिएको छ ।उदयमान वर्ष खेलाडीको अवार्ड क्रिकेटर सुवास भण्डारीले जित्नुभएको छ । फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै भण्डारी उदीयमान खेलाडी घोषित हुनुभएको हो ।१९ वर्षीय सुवास भण्डारी नेपाली राष्ट्रिय यु–१९ का पहिलो रोजाइका अलराउन्डर हुनुहुन्छ । उहाँले गण्डकी प्रदेशको यु १९ टिम कप्तानी समेत गर्नुभएको छ । नेपाललाई यु १९ विश्वकप छनोटमा पुर्‍याउन उहाँको ठूलो योगदान छ ।

वर्ष उत्कृष्ट खेल सङ्घतर्फ कास्की जिल्ला ह्यान्डबल संघ उत्कृष्ट भएको छ ।

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निसीम थापालाई कृर्तिशेष सम्मान अर्पण गरिएको छ । थापाको प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा गत असोज ३० गते थापाको मृत्यु भएको थियो ।यस वर्षको वर्षोत्कृष्ट खेल पत्रकार सागरराज तिमिल्सिना हुनुभयो । वर्ष उत्कृष्ट खेल प्रशिक्षकमा आर्चरी खेलका प्रशिक्षक किशोर कुमार गुरुङले अवार्ड हात पार्नुभयो । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी प्राप्त गर्नुभएको छ । लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिएको छ ।यस वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटर करण के.सी बन्नुभएको छ । वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा करण के.सी, प्रदीप खड्का र गंगा बहादुर कुँवर रहनुभएको थियो । के.सीले इलोक्ट्रोनिक स्कुटर प्राप्त गर्नुभएको छ ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलाडीहरूसँग साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । अवार्ड प्राप्त गर्नु हुनै सबैलाई उहाँले बधाई दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News