सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले वृद्धि

सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले वृद्धि

  • Kanchan News

  • बुधबार, बैशाख २०, २०८०

  • 64
    SHARES
सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले वृद्धि

सुनको मूल्य एकदैदिन तोलामा एक हजार ८ सय रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला १ हजार ७५० रुपैयाँले बढेको हो ।

बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । १९ वैशाख मंगलबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ४२५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News