दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

  • Kanchan News

  • सोमवार, बैशाख १८, २०८०

  • 37
    SHARES
दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

कञ्चनपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ मा र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्लाको कृष्णपुर नगरपालिका–५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२–००–४ प १८४६ नम्बरको मोटसाइकल र से १ त २८२९ नम्बरको ट्याक्टरमा ठोक्किए दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जनाएको छ ।प्रहरीका अनुसार, दुर्घटनामा परेर मोटरसाइकल चालक वेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएको उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिकाकी गरिमा महता घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यस्तै, कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित उद्योग वाणिज्य संघ अगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १८ बस्ने वीरेन्द्र रावलले चलाएको म २ प ८३३३ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही नगरपालिका–४ बस्ने ६८ को महेश्वरप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार यादवको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News