एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपाललाई दोस्रो सफलता

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपाललाई दोस्रो सफलता

  • Kanchan News

  • सोमवार, बैशाख १८, २०८०

  • 52
    SHARES
एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपाललाई दोस्रो सफलता

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। युएईका भृत्या अर्विन्दलाई नेपालका करण केसीले आशिफ शेखको हातबाट क्याच आउट गराए। उनले दुई चौकासहित ८ रन जोडेका थिए।

यसअघि युएईका ओपनर मोहम्मद वासिमलाई सोमपाल कामीले ललित राजबंशीको हातबाट क्याच आउट गराए। ललितले हावामा उफ्रिएर बल क्याच गरेका थिए।

वासिमले १ चौका र १ छक्कासहित ११ रन बनाएका थिए। पाँचौ ओभर पुरा हुँदा युएईले २ विकेटको क्षतिमा २८ रन जोडेको छ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।

यो पनि पढ्नुहोस :

अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News