विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, यस्तो छ अंकगणित

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, यस्तो छ अंकगणित

  • Kanchan News

  • आइतवार, बैशाख १७, २०८०

  • 51
    SHARES
विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, यस्तो छ अंकगणित

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने विषयलाई प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिइसकेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छन् । गण्डकीमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन् । विश्वासको मत लिने तयारी गरे पनि संसद्को अङ्कगणित हेर्दा अधिकारीको पक्षमा बहुमत जुट्ने सम्भावना छैन ।

गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको मुख्यमन्त्री बनेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News