अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै ३० लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै ३० लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

  • Kanchan News

  • आइतवार, बैशाख १७, २०८०

  • 41
    SHARES
अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै  ३० लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

प्रहरीले अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको ‍छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन्

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।उनले पीडितसँग ३० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो पनि पढ्नुहोस्:

दुबई पठाइदिन्छु भनी ३५ लाख ठगेको आरोपमा एक जना पक्राउ

प्रहरीले दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको ‍छ ।

पक्राउ पर्नेमा तनहुँको  भिमाद नगरपालिका-२ घर भई हाल काठमाडौंमहानगरपालिका-२६ सामाखुसी बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले रोजगारीका लागि दुबई पठाइदिने भन्‍दै पीडितसँग ३५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो पनि पढ्नुहोस्:

लुटपाटको उद्देश्यले गरियो निराको हत्या

प्रहरीले चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।

हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११-१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले जानकारी दिए ।

Sajhasabal.com | Homeभाँडा पसलकै चक्कुले निराको हत्या, घटनाको चारदिन पछि  मात्रै झापा गए

बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

एसएसपी आचार्यले भने, ‘थप अनुसन्धान भएर नयाँ चिज पनि आउन सक्छ । अहिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’

निराको परिवारसँग यसअघि बिकको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ । ‘मृतक र मृतकका परिवारसँग यसअघि उसको सम्पर्क भएको देखिएन’ एसएसपी आचार्यले भने ।

बिकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको पनि एसएसपी आचार्यले बताए


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News