वीर अस्पताल भत्किँदा चार जना घाइते

वीर अस्पताल भत्किँदा चार जना घाइते

  • Kanchan News

  • आइतवार, बैशाख १७, २०८०

  • 114
    SHARES
वीर अस्पताल भत्किँदा चार जना घाइते

वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते भएका छन् । आइतबार दिँउसो २ बजे वीरको बीचमा रहेको रातो भवनको छत भत्किएको हो ।

लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल भत्किएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । सो भवन २०३६ सालमा निर्माण भएको थियो । पर्खाल भत्किएसँगै तल करिडोरमा भएका चार जना बिरामीको कुरुवा सामान्य घाइते भएका छन् ।

‘पर्खालबाट केही इँट्टा जस्ताको छतमा खसेको थियो । जहाँ हामीले बिरामी कुर्ने कुरुवाको लागि बस्ने ठाउँ पनि बनाएका थियौं’, डा. पौडेलले अनलाइनखबरसँग भने, ‘केही इँटा छिरेर तल करिडोर बसेका बिरामीको कुरुवालाई लागेछ ।’

डा. पौडेलका अनुसार गम्भीर चोट भने लागेको छैन । घाइतेको वीरमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस:

लुटपाटको उद्देश्यले गरियो निराको हत्या


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News