चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

  • Kanchan News

  • शनिबार, बैशाख १६, २०८०

  • 170
    SHARES
चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ बर्षिय श्रीप्रसाद कडरिया रहेका छन् । स्थानीय धर्मप्रसाद घिमिरेका अनुसार घरदेखि बाहिर निस्केर आँगनतर्फ जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो।

गाउँपालिका अध्यक्ष मानबहादुर राईले आफु घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए। केहिदिन अघि मात्र ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ चित्रेमा चट्याङ लागेर ११ बर्षे बालकको मृत्यु भएको थियो भने उनका बुबाआमा अहिले पनि सख्त घाईते अवस्थामा जिल्ला अस्पतालमा उपचार गराई रहेका छन ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News