माइतीघरको सडकमै सुते राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन

माइतीघरको सडकमै सुते राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन

  • Kanchan News

  • शनिबार, बैशाख १६, २०८०

  • 60
    SHARES
माइतीघरको सडकमै सुते राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । शुक्रबार दिउँसो प्लेकार्डसहित माइतीघरको सडकमा प्रदर्शन गरेका पुनले शुक्रबार राति पनि सडकमै बिताएका छन् । उनले माग पूरा नभएसम्म रातदिन आन्दोलन नरोकिने अडान राखेका छन् ।

शुक्रबार राति पुनसहित नवप्रवर्तन र आविष्कारको क्षेत्रमा काम गर्ने युवाहरु शुक्रबार माइतीघरको सडकमै सुते । संस्थापक पुनले शनिबार बिहानै सडकमै सुतेको तस्बिर सार्वजनिक गर्दै सरकार र संसद्को ध्यानाकर्षण नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

हामीचाहिँ माइतीघर मण्डलाको सडकमा रातभर सुतेर उठ्यौं । जनताहरु सुतिरहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनुहोस्,’ उनले भनेका छन् । पुनले सरकार नब्युँतिन्जेल आफूहरुले पनि सडकमै सुतेर धर्ना दिनुपर्ने भन्दै सामाजिक सञ्जालबाटै माइतीघरको सडकमा सुत्नका लागि आउन आह्वान गरेका थिए ।

उनले सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध नगरेसम्म धर्नालाई नरोकिने अडान लिएका छन् ।उनले सांसदहरुले आविष्कारकको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरुले बेवास्ता गरेको गुनासो गरे

सांसदहरुले खाँदा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने, यस्तो हुन सक्दैन । अब सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प छैन,’ उनले भनेका छन्, ‘सरकारले अरु क्षेत्र हेर्ने दर्जनौँ मन्त्रालय विभाग र सरकारी संरचना बनाएको छ । तर अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने कुनै सरकारी निकाय छैन ।’

उनले देशमा बोल्ने नेताहरु धेरै आएको भन्दै अब बोलीअनुसार काम पनि गर्ने नेता चाहिएको बताए ।

‘हाम्रो माग पूरा नभएसम्म हामी धर्नामा बस्छौँ । यो अनुरोध सबै पार्टीलाई हो । दलहरु यहाँ आएर मेरो भाषण सुनून् की मलाई संसद्‌मा गएर बोल्ने व्यवस्था गरिदिउन् । यो नेपालीको दर्द हो, संसद्‌मा केहीले बोले रे भन्ने सुनिरहेको छु । बोल्ने मान्छे त आएछन् । तर बोलेर मात्रै केही हुँदैन,’ उनले भने, ‘बोलेपछि त्यसमा कदम पनि चाल्नुपर्छ ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News