गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए सपथ, तिन सदस्य मन्त्रीमण्डल विस्तार

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए सपथ, तिन सदस्य मन्त्रीमण्डल विस्तार

  • Kanchan News

  • शुक्रबार, बैशाख १५, २०८०

  • 114
    SHARES
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए सपथ, तिन सदस्य मन्त्रीमण्डल विस्तार

पोखरा
नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहिबार नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । गोरखाका पाण्डे गण्डकी प्रदेशको चौंथो मुख्यमन्त्री हुनुहुन्छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक ७ र १ स्वतन्त्र सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । गण्डकी प्रदेश सभामा २२ सांसद रहेको नेकपा एमाले र २ सांसद रहेको राप्रपा प्रतिपक्षमा रहेकाछन् ।
मुख्यमन्त्री पाण्डेले आजै मन्त्रीपरिषद् विस्तार पनि गर्नुभएको छ । माओवादीका सांसद शुसीला सिम्खडा र काङग्रेसका सांसद सरस्वती अर्याल विना विभागिय मन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरुले पनि प्रदेश प्रमुख सँग पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News