गण्डकीमा माओवादी तत्काल सरकारमा नजाने

गण्डकीमा माओवादी तत्काल सरकारमा नजाने

  • Kanchan News

  • शुक्रबार, बैशाख १५, २०८०

  • 171
    SHARES
गण्डकीमा माओवादी तत्काल सरकारमा नजाने

गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउन नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज  पाण्डेलाई समर्थन गरेको नेकपा माओवादी केन्द्र मन्त्रालयको टुंगो नलगाए सम्म तत्काल सरकारमा सहभागी नहुने भएको छ । ३ वटा मन्त्रालय दावी गरिरहेको माओवादीले मन्त्रालयको संख्या र मन्त्रालयको जिम्मेवारी समेत बाँडफाँड हुनु पर्ने सर्त राखेको छ । मुख्यमन्त्री पाण्डेले माओवादीलाई २ वटा मात्र मन्त्रालय दिने मनस्थितिमा रहेको बताइएको छ । तर माओवादीले भने तिन ओटा मन्त्रालयमा दाबी गरेको छ । मन्त्रालयको संख्या र जिम्मेबारी नटुङ्गिएकाले आफ्नो दल आज सरकारमा सहभागी नहुने माओवादी संसदिय दलका नेता हरि ब. चुमानले बताउनुभयो । एमालेले झै २ ओटा मन्त्रालय दिएर हामी मान्ने पक्षमा छैनौँ उहाँले भन्नुभयो, पेल्ने काम बन्द गर्नुपर्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News