भ्रम फैलाएको आरोपमा फ्लाइ दुबईका २ उच्च अधिकारीलाई विमानस्थल प्रवेशमा रोक

भ्रम फैलाएको आरोपमा फ्लाइ दुबईका २ उच्च अधिकारीलाई विमानस्थल प्रवेशमा रोक

  • Kanchan News

  • मङ्लबार, बैशाख १२, २०८०

  • 82
    SHARES
भ्रम फैलाएको आरोपमा फ्लाइ दुबईका २ उच्च अधिकारीलाई विमानस्थल प्रवेशमा रोक

सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए । तर, फ्लाइ दुबईले भने ट्वीट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने बताएको थियो । प्राधिकरणले भने भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको बताएको छ ।

प्राधिकरणले भ्रमपूर्ण समाचार फैलाएको भन्दै फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्ट पास निष्कृय पार्ने निर्णय गरेको जनाएको छ । यससँगै उनीहरुले विमानस्थल भित्र प्रवेश पाउने छैनन् ।

प्राधिकरणका अनुसार सोमबार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगो देखिएको हो भन्नेबारे संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन प्राधिकरणबाट जानकारी लिने छ । किनकि फ्लाइ दुबई सोही मुलुकमा दर्ता भएका कारण नेपालको नियामक निकायले सो कम्पनीबारे अनुसन्धान गर्दैन ।

 

यो पनि पढ्नुहोस :

सांसद शुक्लको सुझाव : चामल आयातको समाधान खोज्नुपर्छ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लले मुलुकको आर्थिक अवस्था उकास्ने गरी आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले कृषि नै प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताए । केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका चामलको आयात ह्वात्तै बढेको उल्लेख गरेको सांसद शुक्लले स्मरण गरे ।

‘यो गम्भीर कुरा हो । ०६८/०६९ मा जम्म २० अर्बको चामल आयात भएको थियो । गत वर्ष लगभग ५५ अर्बको चामल आयात भयो’ उनले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए, ‘तर, चिन्ताले समाधान निस्कँदैन । व्यापक चिन्तन मनन हुनुपर्छ । र त्यहाँबाट समाधान खोज्नुपर्छ ।’

धान खेती गर्नेहरु नै घट्दै गएको उल्लेख गर्दै उनले यो गम्भीर विषय भएको बताए ।

 

ढाका कुमार श्रेष्ठ सांसद नरहेको सभामुखले सदनलाई गराए जानकारी


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News