नयाँ सरकार गठनका लागि गण्डकी प्रदेशमा आज मात्र आव्हान हुने

नयाँ सरकार गठनका लागि गण्डकी प्रदेशमा आज मात्र आव्हान हुने

  • Kanchan News

  • आइतवार, बैशाख १०, २०८०

  • 89
    SHARES
नयाँ सरकार गठनका लागि गण्डकी प्रदेशमा आज मात्र आव्हान हुने

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आज साँझ मात्र आव्हान हुने भएकाे छ । प्रदेश प्रमुख पृथ्विमान गुरुङ काठमाण्डाैंबाट फर्केपछि नयाँ सरकार गठनका लागि आव्हान हुने भएकाे हाे ।

प्रदेश प्रमुख निकटस्थ श्राेतका अनुसार प्रदेश प्रमुख आज अपरान्ह ३ बजेकाे जहाजमा पाेखरा फर्कदै छन् । उनी फर्केपछि मात्र सरकार गठनका लागि आव्हान हुनेछ ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले विश्वासकाे मत गुमाएपछि गण्डकीमा नयाँ सरकारकाे बाटाे खुलेकाे हाे । एकिकृत माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीकाे समर्नमा साँढे तीन महिना अघि मुख्यमन्त्री नियुक्त भएका अधिकारीलाई माओवादी एक महिनाअघि दिएकाे समर्थन फिर्ता लिएकाे हाे ।

सत्तामा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासकाे मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार अधिकारीले शनिवार गण्डकी प्रदेश सभामा विश्वासकाे मत मागेका थिए । तर बहुमत सांसद अर्थात ६० सदस्यीय प्रदेश सभामा ३५ जनाले विपक्षमा मतदान गरेपछि अधिकारी सरकार ढलेकाे थियाे । अहिले उनी काम चलाउ मुख्यमन्त्री छन्


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News