तनहुँ १ का कांग्रेस उम्मेदवार भट्टराईलाई सोधियो स्पष्टीकरण

तनहुँ १ का कांग्रेस उम्मेदवार भट्टराईलाई सोधियो स्पष्टीकरण

  • Kanchan News

  • आइतवार, बैशाख १०, २०८०

  • 94
    SHARES
तनहुँ १ का कांग्रेस उम्मेदवार भट्टराईलाई सोधियो स्पष्टीकरण
;~rf/sdL{;Fu pDd]bjf/ e§/fO{ bdf}nL, !) j}zfv M tgx'Fsf] If]q gDa/ ! sf k|ltlglw;ef ;b:o pDd]bjf/ g]kfnL sfªu|];sf uf]ljGb e§/fO{ cfOtaf/ ;~rf/sdL{;Fu s'/f ub}{ . k|ltlglw;ef ;b:o lgjf{rgsf nflu cfOtaf/ dtbfg eO/x]sf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधेको छ।  गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै समितिले भट्टराईलाई स्पष्टीकरण सोधेको हो।भट्टराईले २४ घण्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।

यो पनि पढ्नुहोस : 

उपेन्द्रको पक्षमा माहौल बनाउन मतदान केन्द्रमा पुगेपछि मधेशका मुख्यमन्त्री सरोजकुमारलाई २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

आयोगले आइतबार मतदान भइरहेको बेला निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधेको हो ।

उपेन्द्रको पक्षमा माहौल बनाउन मतदान केन्द्रमा पुगेपछि मधेशका मुख्यमन्त्री सरोजकुमारलाई २४ घण्टे स्पष्टीकरण

‘तपाईँ त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?’ भनी २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।

बारा २ मा जसपाका उपेन्द्र यादव गठबन्धनबाट उम्मेदवार छन् । मुख्यमन्त्री यादव उपेन्द्रको पक्षमा चुनावी माहौल बनाउन सरकारी स्रोत साधनको दुरुपयोग गरी हिँड्न थालेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News