गण्डकी प्रदेश सरकारको पाँच बर्ष पुरा, संघले अधिकार नदिदा प्रदेश सरकारका कार्य सम्पादनमा समस्या

गण्डकी प्रदेश सरकारको पाँच बर्ष पुरा, संघले अधिकार नदिदा प्रदेश सरकारका कार्य सम्पादनमा समस्या

  • माधव पराजुली,

  • बिहिबार, फाल्गुन ४, २०७९

  • 134
    SHARES
गण्डकी प्रदेश सरकारको पाँच बर्ष पुरा, संघले अधिकार नदिदा प्रदेश सरकारका कार्य सम्पादनमा समस्या

गण्डकी प्रदेश सरकार गठनको पाँच बर्ष पुरा भएको छ । विहिबार प्रदेश सरकारले आफ्नो स्थापना बर्षको अवसरमा प्रदेश भर सार्वजनिक विदा दिएको छ भने एक औपचारिक कार्यक्रमको समेत आयोजना गरि स्थापना दिवस मनाएको छ । उक्त कार्यक्रममा प्रदेश प्रमुख, वर्तमान मुख्यमन्त्री तथा पुर्वमुख्यमन्त्री, मुख्य न्यायाधिस, प्रदेश सरकारका मन्त्री, सांसद तथा पालिका प्रमुख र कार्मचारीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा गण्डकी प्रदेश सरकारले पाँच बर्षमा गरेका कामहरु र आगामी कार्यक्रम तथा योजनाहरु समेटिएको एक पुस्तक समेत सार्वजनिक गरिएको छ ।
गण्डकी प्रदेश स्थापना बर्षको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानले विगतको एकात्मक केन्द्रीकृत राज्य व्यवस्थालाई संघीय लोकतान्त्रिक शासन व्यवस्थामा रुपान्तरण गरेको बताउदै प्रदेश सरकारले संघिय गणतन्त्रात्मक व्यवस्था बमोजिम आफ्ना हरेक क्रियाकलापहरलाई चुस्त दुरुस्त रुपमा सम्पादन गर्नुपर्नेमा जोडदिनुभयो । जनतालाई संघियताको आभास दिलाउने सरकार प्रदेश सरकार भएकोले जनताका अभिभारा सरकारले पुरा गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले आफ्ना काम कारवाहीलाई जनमुखी नतिजामुखी र परिर्वतनमुखी बनाउन निरन्तर लाग्नुपर्नेमा समेत जोडदिनुभयो ।
मुख्यमन्त्री खगराज अधिकारीले समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न प्रदेशको सन्तुलित समान्यायिक र समावेशी विकास गरी समृद्ध प्रदेशः सुखी नागरिक निर्माण गर्न पञ्चबर्षीय योजनाका साथ अगाडी बढेको बताउनुभयो । सीमित स्रोत साधन, अपर्याप्त जनशक्ति, कमजोर संस्थागत संरचना र साझा अधिकार विषयमा कानून अभाव लगाएतका समस्याहरु प्रदेश सरकारको कार्यसम्पादनलाई धीमा पार्ने पक्षमा रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकार प्रभावकारी हुन नसकेको केही विषयहरू भएको बताउदै ३ पटक प्रधानमन्त्रीसँग भेट गरि संघीयता लाई बलियो बनाउन संविधानमा भएका साझा अधिकारका सूचीहरु प्रयाप्त रुपमा कानुन बनाएर दिन आग्रह गरेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले गरिबी सूचकाङ्क १४.२० प्रतिशतबाट ७ प्रतिशत झार्ने, प्रदेशको वार्षिक औसत अर्थिक वृद्धिदर १०.२० प्रतिशत पु¥याउने, प्रतिव्यक्ति आय १,०४३ अमेरीक डलर ाट १,९५६ डलर पु¥याउने लक्ष्य राखेको छ । प्रदेशको कुल गर्हास्त उत्पादन ३ खर्ब ८ अर्ब बाट ४ खर्ब ६८ अर्ब पु¥याउने र पूर्ण बेरोजगारी दरलाई ४ प्रतिशतमा झार्ने लक्ष्य गण्डकी प्रदेश सरकारको छ ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कार्यालय र उत्कृष्ट कर्मचारी समेत घोषणा गरिएको थियो । गण्डकी प्रदेश स्थापनाको पाँच बर्षमा तीन जना मुख्यमन्त्रीको नेतृत्वमा चार वटा सरकार गठन भएका छन् । प्रदेश सरकार गठनको ५ बर्ष पुरा भएता पनि संघिय सरकारले प्रदेश सरकारलाई अधिकार नदिदा प्रदेश सरकारको कार्य सम्पादनमा समस्या सिर्जना भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News