
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । शुक्रवार विश्वासको मतका लागि संसदमा प्रस्तावपेश गर्नुभएका अधिकारीलाई ३१ सांसदले विश्वासको मत दिएका हुन ।
अधिकारीकाे पक्षमा ३१ मत परेको छ भने २७ मत मात्रै विपक्षमा परेको छ । स्वतन्त्रत सांसद दिपक मनाङे भनिने राजिव गुरुङअनुपस्थित हुनुभयो ।
पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारी लाई एमालेका २१, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदलेविश्वासको मत दिए । एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले भने सभामुखको आसिनमा रहेका कारण मत हाल्नुभएन ।