गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले भोलि विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले भोलि विश्वासको मत लिने

  • Kanchan News

  • बिहिबार, पुस २८, २०७९

  • 137
    SHARES
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले भोलि विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि अर्थात शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ सहित ३३ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका अधिकारीले भोली बस्ने गण्डकी प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

अधिकारी संविधानको धारा १६८ (२) अनुसार पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
अधिकारीले विश्वासको मत लिए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । मुख्यमन्त्री अधिकारीले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई भेटेर विश्वासको मत माग्ने तयारी समेत गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News