पोखरा
गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयको छ । गण्डकी प्रदेशकोमुख्यमन्त्रीमा आज नियुक्त हुनुभएका अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ बाट सपथ लिनुभएको हो । अधिकारी संविधानको धारा१६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । कास्की निर्वाचन क्षत्र नं. १ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित पुर्वमन्त्रीसमेत रहनुभएका अधिकारी लाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपापार्टी र स्वतन्त्र सांसद दिपक मनाङे भनिने राजिवगुरुङ सहित ३३ सांसदले समर्थन गरेका छन् ।
मुख्यमन्त्री अधिकारीले तिन सदस्य मन्त्री मण्डल समेत विस्तार गर्नुभएको छ । मुख्यमन्त्री अधिकारीले एमाले बाट सिता कुमारी सुन्दास, माओवादी केन्द्र बाट हरि बहादुर चुमान, राप्रपा बाट पञ्चराम गुरुङ लाई मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
तिनै जना मन्त्रीहरुले प्रदेश प्रमुख गुरुङबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।