
नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । आईतबार बसेको एमाले बैठकले एमाले संगठन विभाग प्रमुख अधिकारीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
पुर्व गृहमन्त्री समेत रहनुभएका अधिकारीलाई एमालेले गण्डकीको मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । अधिकारी कास्की क्षेत्र नं. १ को (क) बाट निर्वाचित हुनुभएको थियो ।