माधव पराजुली,रेडियो नेपाल पोखरा
नव निर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण पुस १४ गते हुने भएको छ । गत मंसिर ४ गते सम्पन्न भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित हनुभएका गण्डकी प्रदेशसभाका सदस्यहरुले शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको प्रदेश संसद सचिवालयले जनाएको छ । नव निर्वाचित प्रदेश सांसदहरुलाई शपथको पत्रचार गर्ने तयारी संसद सचिवालयले गरेको छ । अन्य प्रदेश सभा सदस्यहरुले सपथ खानु पूर्व गण्डकी प्रदेश सभा सदस्य मध्येका जेष्ठ सदस्यले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ खाने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेश सभामा ज्येष्ठ सदस्य पर्वत प्रदेश निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित मित्रलाल बस्याल हुनुहुन्छ । उहाँले पुस १३ गते बिहान ११ बजे शपथ खाने कार्यक्रम छ । अन्य सदस्यहरुले पुस १४ गते जेष्ठ सदस्य बस्याल बाट सपथ लिनुहुनेछ ।
शपथ लिन आउँदा प्रदेश सांसदले नागरिकता प्रमाणपत्रको फोटोकपी, दुई प्रति फोटो र निर्वाचन आयोगले दिएको निर्वाचित प्रमाणपत्र ल्याउनुपर्ने प्रदेश संसद सचिवालयले जनाएको छ । गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणलीबाट ३६ र समानुपातिक निर्वाचन प्रणलीबाट २४ गरी ६० सांसद छन् ।