गण्डकी सरकारलाई आयोगले सोध्यो आचारसंहिता उलंघन गर्दै कर्मचारीको बढुवा किन गरेको ?

गण्डकी सरकारलाई आयोगले सोध्यो आचारसंहिता उलंघन गर्दै कर्मचारीको बढुवा किन गरेको ?

  • Kanchan News

  • बिहिबार, अशोज २७, २०७९

  • 90
    SHARES
गण्डकी सरकारलाई आयोगले सोध्यो आचारसंहिता उलंघन गर्दै कर्मचारीको बढुवा किन गरेको ?

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई कर्मचारीको बढुवा र तहवृद्धिसम्बन्धी निर्णयमा तीनदिने स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागेको अवस्थामा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्पष्टीकरण सोधेको हो । आयोगले बिहीबार गण्डकी सरकारलाई स्पष्टीकरण सोधेको हो ।

स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गर्दा निर्वाचन आचारसंहिता उल्लंघन किन हुँदैन ? भनेर आयोगले गण्डकी प्रदेश सरकारलाई सोधेको छ । ‘प्रदेश सरकारले अध्यादेशबमोजिम कर्मचारीको तहवृद्धि गर्ने सम्बन्धमा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहलाई परिपत्र भएको र सो विषयको सूचना असोज २६ गतेको गोरखापत्र दैनिकमा प्रकाशन भएको देखिन्छ,’ आयोगले सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा स्थानीय तहका कर्मचारीको वृत्तिविकास सम्बन्धमा दीर्घकालीन असर गर्ने प्रकृतिका कार्य किन गर्नु परेको हो ? तहाँ कार्यालयबाट अगाडि बढाउन खोजिएको प्रक्रिया सञ्चालन गर्दा प्रचलित कानुनबमोजिम कर्मचारीको बढुवा तथा तहवृद्धि गर्दा अपनाउनुपर्ने सिद्धान्तहरूको पालना हुने सुनिश्चितता छ, छैन ?’

गण्डकी प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ ल्याएर स्थानीय तहका कर्मचारीहरूको बढुवा र तहवृद्धि गर्न खोजेको थियो ।

‘कर्मचारीहरूको तहवृद्धि गर्दा निर्वाचन आचारसंहिता २०७९ को उल्लंघन हुँदैन भन्ने आधार र कारण के छ ? पत्र प्राप्त भएको मितिले ३ दिनभित्र आयोगलाई इमेलमार्फत जवाफ दिनू’ आयोगले गण्डकी प्रदेश सरकारलाई सोधेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News