पाकिस्तानमा बाढीले १६ सयको मृत्यु, तीन करोड मानिस प्रभावित

पाकिस्तानमा बाढीले १६ सयको मृत्यु, तीन करोड मानिस प्रभावित

  • Kanchan News

  • आइतवार, अशोज ९, २०७९

  • 141
    SHARES
पाकिस्तानमा बाढीले १६ सयको मृत्यु, तीन करोड मानिस प्रभावित

आर्थिक संकट झेलिरहेको पाकिस्तानमा वर्षाले दोहोरो समस्या निम्त्याएको छ । बाढीका कारण हालसम्म पाकिस्तानमा १६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । मानिसहरू पानीजन्य रोगहरूको जोखिममा छन्। खानेपानीको आपूर्ति अवरुद्ध भएको छ । बाढीले पाकिस्तानलाई ४० अर्ब डलरभन्दा बढीको आर्थिक नोक्सान हुन सक्ने आकलन गरिएको छ।

पाकिस्तानमा बाढीले विनाश निम्त्याएको छ। उज्वेकिस्तानले भोकमरी र महंगीको सामना गरिरहेको पाकिस्तानका लागि मानवीय सहयोगको अपील गरेको छ। एससीओ शिखर सम्मेलनमा बाढीको अवस्थाबारे बोल्दै प्रधानमन्त्री शाहबाज सरिफ भावुक देखिएका थिए । उनले यसलाई पाकिस्तानका लागि अहिलेसम्मकै सबैभन्दा खराब अवस्था बताए।

पाकिस्तानमा बाढीबाट ३३ करोडभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। उनीहरुलाई तत्काल मद्दतको आवश्यकता छ। देशैभर धेरै घर भत्किएका छन्, बालीनाली विनास भएका छन् र पेट्रोल पम्पहरु डुबानमा परेका छन् । लाखौं जनता सडकमा आउन बाध्य छन् । बाढीले सिन्ध प्रान्तमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विनाशकारी बाढीका कारण पाकिस्तानमा पानीजन्य रोगको प्रकोप बढ्न सक्ने आशंका गरेको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक विज्ञप्तिमा पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा पानी आपूर्ति अवरुद्ध भएको छ।

यसले गर्दा मानिसले पिउन योग्न पानी पाएका छैनन्। दुषित पानी पिउनाले हैजा र धेरै रोगहरू निम्त्याउने उनले बताएका छन्।

एक प्रतिवेदन अनुसार बाढीबाट हालसम्म तीन करोडभन्दा बढी मानिस प्रभावित भएका छन्। ६४ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको एक प्रतिवेदनले देखाएको छ । त्यसमा १६ लाखभन्दा बढी महिला छन्।, जसमध्ये करिब एक लाख ३० हजार गर्भवती महिलालाई तत्काल सहयोग आवश्यक छ। बाढीका कारण महिलाको अवस्था निरन्तर नाजुक बन्दै गएको छ । एबीपी न्युज


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News